१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभा बैठकमा प्रदेश विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।  

शुक्रबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले  राखेको प्रदेश विनियोजन विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।  प्रतिपक्षी दलहरूले राखेको प्रदेशको बजेट कटौतिको प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ। 

प्रदेशसभा बैठकमा  नेपाली कांग्रेसकातर्फबाट  सांसद शिवकुमार गनगाई र नेकपा माओवादीकातर्फबाट सांसद मोहनकुमार खड्काले  खर्च कटौतीको प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। गत असार १ गते प्रदेश १को संसदमा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट पेश गरेका थिए। 

प्रदेशसभामा विनियोजन विधेयक २०७८ माथि मन्त्रालयगत छलफल पनि शुक्रबार नै सकिएको थियो। शुक्रबार आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमाथि छलफल भएको थियो। छलफलमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका थिए।

प्रकाशित: २५ असार २०७८ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App