६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

गोलञ्जोरमा ४५ करोडको बजेट

गोलञ्जोर गाउँपालिकाले ४५ करोड १६ लाख ९९ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटले सडक विस्तारलाई प्राथमिकता दिएको छ। विकासको मुख्य आधार नै सडक भएकाले सडक विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकता दिइएको गाँउपालिकाले जनाएको छ। गाउँपालिकामा जनप्रतिनिधि आएसँगै सबै टोलमा सडक पुगिसकेको र ती सडकलाई स्तरोन्नति गरी सहज बनाउन बजेट विनियोजन गरेको अध्यक्ष पुष्पबहादुर कार्कीले बताए। उनले गाउँपालिका केन्द्रदेखि सबै वडा जोड्ने मोटरबाटोलाई प्राथमिकतामा राखिएको जानकारी दिए। गाउँपालिकाभित्रका मुख्य सडकको चौडाइ आठ मिटर र साना सडकको चौडाइ समेत ६ मिटरको बनाई स्तरोन्नति गर्ने योजना छ। 

प्रकाशित: २२ असार २०७८ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App