१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

त्रिपुरासुन्दरी नगरपालिकाको छैटौ नगरसभा : शिक्षा, स्वास्थ्य, कृषि र सडकमा जोड

त्रिपुरासुन्दरी नगरपालिकाको छैटौ नगरसभाले शिक्षा, स्वास्थ्य, कृषि र सडक विकासलाई बिशेष प्राथमिकतामा राखेको छ।

आर्थिक वर्ष २०७८।०७९ को लागि ४२ करोड ४० लाख उन्नतीस हजार बराबरको बजेट सार्वजनिक गरेको हो।  

नगरका उपमेयर चन्द्रकुमारी बुढाले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रममा संघीय ससर्त अनुदान चालुतर्फ २० करोड १६ लाख, संघीय ससर्त अनुदान पुँजीगततर्फ १ करोड ११ लाख, संघीय वित्तीय समानीकरणतर्फ ९ करोड ६ लाख प्रदेश,  वित्तीय समानीकरणतर्फ ९२ लाख उनान्सय हजार, प्रदेश ससर्त अनुदानतर्फ १ करोड ४७ लाख ९० हजार, प्रदेश विशेष अनुदानतर्फ ३५ लाख र प्रदेश समपुरक अनुदानतर्फ १ करोड १५ लाख रुपैयाँ उल्लेख छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर बुढाले १५ शय्या राजारानी नगर अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापनको लागि ४० लाख, नगरपालिकाभित्र सुत्केरी विरामीहरुको उद्दार तथा राहतको लागि एम्बुलेन्स खरिदका लागि १६ लाख, आधारभूत तथा सामुदायिक स्वास्थ्य इकाई केन्द्र भवन नभएका वडा नं २ मा सामुदायिक स्वास्थ्य केन्द्र निर्माणको लागि १५ लाख र कोभिड १९ महामारी र विपद् व्यवस्थापन गर्नका लागि ३० लाख बराबरको बजेट विशेष कार्यक्रमको रुपमा विनियोजन गरिएको छ।

यसैगरि नगरको समृद्धि र विकासको आधार मानिने बालुवा, कुना बगर बसपार्क निर्माण, शहरी गुरुयोजना(नगर टाउन पलानिङ्ग)को डिपिआर निर्माण, अन्नीचौर चुँगाड साङ्टा पातिहाल्ना हुदै मसिनेचौर सम्मको सडकको डिपिआर निर्माण, त्रिपुराकोट बगर, बालुवा कुना नादा कुमारीकोट बगर हुँदै सुलिगाडसम्म सडकको डिपिआर निर्माणको लागि ८० लाख रकम विनियोजन गरिएको छ।

प्रकाशित: १० असार २०७८ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App