१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खाद्यले गोरखामा २० प्रतिशत छुटमा चामल बेच्ने

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखा । तस्विर ः नागरिक

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले पाँच प्रकारका चामल २० प्रतिशत छुटमा बिक्री सुरु गरेको छ । सोना मन्सुली, स्टिम जिरा मसिनो, स्टिम सोना चामल, अरुवा मध्यम चामल र मकवानपुर चामल २० प्रतिशत छुटमा बिक्री सुरु गरिएको संस्थानका शाखा प्रमुख नबिन बस्नेतले बताए ।  

‘प्रति परिवार एकबोरा सम्म उपलब्ध गराईन्छ’ उनले भने ‘छुटमा चामल लिनका लागि परिचय खुल्ने नागरिकता, सवारी चालक अनुमती पत्र, मतदाता परिचय पत्र, राहदानी लगायत कुनै एकको प्रतिलिपी आवश्यक पर्छ ।’ निषेधाज्ञा अवधीभर चामलमा २० प्रतिशत छुट दिएर बिक्री गरिने उनले बताए ।  

नेपाल सरकारको बजेट घोषणा एवं कम्पनीको प्रधान कार्यालयको निर्देशन अनुसार गत आईतवारदेखि छुटमा चामल बिक्री सुरु गरिएको उनले बताए । यस अघि ५१ रुपैयाँ ३० पैसा प्रतिकेजी पर्ने सोना मन्सुली चामलको मूल्य अहिले प्रतिकिलो ४१ रुपैयाँ चार पैसा छ । यो चामलको ३० केजीको प्रतिबोरा एक हजार दुई सय ३२ रुपैयाँ पर्छ । ६४ रुपैयाँ प्रतिकिलो रहेको स्टिम जिरा मसिनो चामल ५१ रुपैयाँ २० पैसामा बिक्री गरिने र १० केजीको प्रतिबोरा पाँच सय १२ रुपैयाँ रहेको शाखा प्रमुख बस्नेतले बताए ।  ५४ रुपैयाँ प्रतिकिलो रहेको स्टिम सोना चामलको मूल्य अहिले ४३ रुपैयाँ २० पैसा कायम गरिएको छ भने २५ केजीको प्रतिबोरा एक हजार ८० रुपैयाँ तोकिएको छ ।  

५१ रुपैयाँ प्रतिकिलो पर्ने अरुवा मध्यम चामल ४० रुपैयाँ ८० पैसामा बिक्री हुन्छ भने ३० केजीको प्रतिबोरा एक हजार दुई सय २४ पर्छ । ४९ रुपैयाँ प्रतिकिलोको मकवानपुर चामल ३९ रुपैयाँ २० पैसा र ३० केजीको प्रतिबोरा एक हजार एक सय ७६ रुपैयाँ पर्छ । कम्पनीले निषेधाज्ञा अवधि सम्म छुटमा चामल बिक्री गर्न निर्देशन दिएपछि जिल्लाबाट पनि बिक्री थालिएको बस्नेतले बताए । कोरोना प्रभावपछिको निषेधाज्ञाका सयमा यस अघि पनि कम्पनीले छुटमा चामल बिक्री गरेको थियो । सर्वसाधारणलाई सहुलियत दिन अहिले पनि छुट दिइएको शाखा प्रमुख बस्नेतले बताए । 

प्रकाशित: २५ जेष्ठ २०७८ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App