४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कुमारी बैंक र टेलेउपचारबीच व्यावसायिक साझेदारी

कुमारी बैंक लिमिटेड तथा टेलेउपचार डटकमबीच व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ। यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले टेलेउपचार डटकमको सेवा प्राप्त गरी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ। कुमारी बैंकको आधिकारिक एप ‘कुमारी स्मार्ट’ वा बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट हुने बैंकको विज्ञप्तिमा उल्लेख छ।

टेलेउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकसँग अनलाइन परामर्श लिन सकिने बैंकले जनाएको छ। टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ। हाल बैैंकले एक सय ९४ शाखा सञ्जाल, एक सय ६५ एटिएम, २६ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App