५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

ई–व्यापार संघद्वारा प्रतिबन्धको आलोचना

सांकेतिक तस्बिर

ई–व्यापार संघले जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञामा होम डेलिभरीलाई सहज पार्ने प्रावधानलाई सरकारले पर्याप्त मात्रामा ध्यान नदिएको बताएको छ।  

ई–व्यापार संघले हालको प्रतिबन्धमा विशेष गरी काठमाडौं उपत्यकामा कार्य अवधि बिहान ९ बजेसम्म सीमित गरिएको र अत्यावश्यक उत्पादनको परिभाषामा कुनै फेरबदल नगरिएकोमा आपत्ति जनाएको छ। यसले उपभोक्ताका साथै ई–वाणिज्य प्लेटफर्मसँग सम्बद्ध हजारौं साना र मध्यम व्यवसायलाई नकारात्मक असर पारेको संघले जनाएको छ।

‘हामी सर्वसाधारणलाई एक सुरक्षित विकल्प प्रदान गर्दछौं। सबै सामानको होम डेलिभरी सेवालाई अनुमति दिँदा भाइरस फैलनबाट रोक्न मद्दत गर्दछ। यसले ई–व्यवसाय मार्फत सञ्चालित धेरै साना र मध्यम व्यवसायका समस्या कम गर्छ र अर्थव्यवस्थालाई निरन्तरता दिन्छ। यसैले म सरकारलाई सम्पूर्ण समाजको भलाइका लागि हाम्रा आग्रहहरूलाई सम्बोधन गर्न आग्रह गर्दछु,’ संघका अध्यक्ष सागर भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महामारीको चाप कम गर्न लगाएको लकडाउन एक महिनाभन्दा बढी भइसकेकोले स्टेसनरी, मोबाइल र कम्प्युटर जस्ता सामग्री उपभोक्ताको लागि खाना र कपडा जत्तिकै आवश्यक भएको संघले जनाएको छ। सरकारले विद्यार्थी, कर्मचारी र समाजका अन्य सदस्यका आवश्यकतालाई सम्बोधन गर्न सरकारले पर्याप्त कदम नचालेका संघको आरोप छ।  

कोभिड–१९ महामारीको समयमा होम डेलिभरीको स्पष्ट लाभका कारण छिमेकी भारत, बंगलादेश, पाकिस्तान लगायत विश्वभरका देशका सरकारले ई–वाणिज्य र होम डेलिभरीलाई आवश्यक सेवाको रूपमा पूर्ण रूपले सञ्चालन गर्न दिएका छन्। ती देशहरूले घरेलु अर्थतन्त्रलाई वृद्धि गर्दै उपभोक्ताको सुरक्षा सुनिश्चित गर्न होम डेलिभरीमा कुनै किसिमको रोक लगाएको भन्दै सरकारले त्यसको अनुशरणको लागि सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App