२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

प्रकोप व्यवस्थापन कोषमा २७ लाख संकलन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बिहीबार पनि जारी रह्यो । 

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि १९ गते बिहीबारसम्ममा चार करोड ३२ लाख ९० हजार ९ सय ७८ रुपैयाँं ८७ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ । यसै क्रममा बिहीबार मात्र २७ लाख ३ हजार आठ सय ८९ रुपैयाँं ८७ पैसा बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले सहायता रकम यसअघि जस्तै ग्रहण गरे ।

आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन नपाले अनुरोध गरेको छ ।

प्रकाशित: २० जेष्ठ २०७८ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App