१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

महामारीले अर्थतन्त्र प्रभावितः राष्ट्र बैंक

दोस्रो लहरको कोरोना महामारीले पुनः अर्थतन्त्र प्रभावित भएको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। बुधबार मुलुकको अर्थतन्त्रसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले पहिलो लहरको महामारीपछि विस्तारै सुधार हुन लागेको अर्थतन्त्र दोस्रो लहरको महामारीले प्रभावित भएको उल्लेख गरेको छ।  

अर्थतन्त्रलाई थप समस्या हुन नदिन कोरोना भाइरसको संक्रमण नियन्त्रणसँगै आर्थिक गतिविधिलाई चलायमान बनाइराख्नुपर्ने केन्द्रीय बैंकको निष्कर्ष छ। प्रतिवेदन अनुसार २०७७ असारको तुलनामा उद्योग/व्यवसायको औसत तलब–ज्याला खर्चमा भने वृद्धि भएको पाइएको छ। 

कोरोना महामारीअगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ वैशाखमा आइपुग्दा ८८.५ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। यसअघि असारमा राष्ट्र बैंकले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरका विषयमा अध्ययन गरेको थियो। अहिले सोही प्रतिवेदनको फ्लोअपका रूपमा वैशाखको ५ देखि १४ गतेसम्म टेलिफोन अन्तर्वार्ताको माध्यमबाट सर्वेक्षण गरिएको हो।  

सर्वेक्षणमा ६ सय ७४ उत्तरदाता सहभागी थिए। तीमध्ये पाँच सय ६२ उद्योगी/व्यवसायी हुन्। कारोबार सञ्चालनमा ल्याउन नसकेका उद्योगी÷व्यवसायीले महामारीका कारण चालु खर्च धान्न समस्या परेको बताएका छन्।

प्रकाशित: ६ जेष्ठ २०७८ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App