१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो।  

पेट्रोलको मूल्य लिटरको एक सय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य लिटरको एक सय ६ रुपैयाँ र हवाइ इन्धनको आन्तरिक उडानतर्फको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। 

एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य यथावत छ। वृद्धि भएको मूल्य आइतबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७८ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App