१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एक्यानको वार्षिक सभा

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ३६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ प्रमुख अतिथि र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको विशिष्ट अतिथिको रूपमा सहभागी भएको संघले जनाएको छ।

 उक्त साधारणसभाले, संघीयताको मर्मअनुरूप संघको संगठनात्मक संरचना तथा महिला समावेशीकरण सुनिश्चित गर्दै सर्वसम्मत रूपमा विधान संशोधन पारित गरेको छ।

साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले संघको भवन निर्माणका लागि सहयोग गर्ने र चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्विविधा छिटो समाधानका लागि पहल गर्ने आश्वासन दिए। 

प्रकाशित: ८ वैशाख २०७८ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App