१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्नपूर्णमा सम्पर्कविहीन भनिएका रसियन सुरक्षितः पर्यटन विभाग

अन्नपूर्ण प्रथम आरोहणको क्रममा सम्पर्कविहीन भएका भनिएका तीनजना रसियन आरोही सम्पर्कमा आएको पर्यटन विभागले बताएको छ । तिनैजना आरोही सुरक्षित रहेको र ती मध्ये एकजनालाई आधारशिविर झारिएको विभागले बताएको छ ।  

विभागको पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले तिनैजना रसियन आरोही सुरक्षित रहेको भन्ने जानकारी पाएको बताईन । ‘हराएका होईनन, तर, केही समय सम्पर्कमा नआएका मात्र हुन । हामीले जानकारी पाएसम्म उनीहरु सुरक्षित छन,’ आचार्यले भनिन, ‘अवस्था जटिल भने होईन ।’

उनका अनुसार आरोहणका लागि गएका उनीहरुले आरोहण पुरा गरे नगरेको पनि खुलेको छैन । तर आरोहणको क्रममा उक्लेका उनीहरु फर्किदै गर्दा क्याम्प चारबाट दुईमा झर्ने क्रममा ढिलाई भएको भन्ने जानकारी पाएको उनले बताईन । ‘क्याम्प चारबाट दुईमा झर्ने क्रममा ढिलाई गरेछन् । एकजना अगाडि नै झरेछन्, अरु दुईजनाले ढिला गरेछन,’ उनले भनिन, ‘क्याम्पचारमा केहीबेर रोकिँदा सम्पर्कविहीन भएको भन्ने हल्ला फैलिएको हो ।’ उनका अनुसार हराएका भनिएका मध्ये एकजनालाई आधारशिविरमा झारिएको छ ।  

अहिले अन्नपूर्ण प्रथम आरोहणमा विभिन्न चार समुहमा ४४ जनाले विभागबाट अनुमति लिएका छन । यो सिजनमा विभिन्न १६ वटा हिमालमा आरोहणका लागि ७३ वटा समुहका ६५४ जनाले स्वीकृति लिएका छन् । ती मध्ये १४८ जना महिला आरोही रहेको विभागले बताएको छ ।  

प्रकाशित: ६ वैशाख २०७८ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App