१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो । जिल्लाको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा बजार खुलेको हो । अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको यो बजार रहेको छ ।  

कृषि बजार आधृनिक रुपमा बनाइएको छ । त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्धार र बाहिर निस्कनका लागि छुट्टाछुट्टै दुईवटा प्रवेशद्धारको व्यवस्था गरिएको छ । एउटा प्रवेशद्धार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मेन रोडसँंग जोडिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ । साथै त्यहाँं पार्किङको पनि व्यवस्था छ । कृषि बजारभित्रसम्म तरकारी पुर्‍याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोडको लगानीमा नेपालमै अहिलेसम्मको सवैभन्दा ठूलो व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी गराए । अहिले अनौपचारिक रुपमा सुरु गरी अर्काे वर्षको बैशाखमा कृषि मन्त्रीज्यूबाट उदघाटन गराई औपचारिक रुपमा बजारको सुरुवात गर्ने योजना राखेको उनले जनाए ।

अहिलेका लागि तरकारी बजार सञ्चालनमा ल्याएको हो । बजारमा माछामासु तर फलफूल बजार बनाउन बाँकी रहेको जनाइएको छ । बजारलाई अहिलेसम्मकै सवैभन्दा व्यवस्थित बजारको रुपमा अगाडि बढाउने योजना रहेको जनाइएको छ ।

बजोरभित्र साढे सात सय स्टलहरु रहेको छन । बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ । बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा बिक्री पनि गर्ने जनाइएको छ । ।

काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडीभित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ । यो पूर्वी नाकाबाट आउने सवै तरकारीहरु यही पुर्‍याएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुर्‍याउन सकिने जनाइएको छ । जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ । 

युवा नेता बस्नेतद्धारा अवलोकन

युवा नेता एवं संघीय सांसद महेश बस्नेतले भक्तपुर सूर्यविनायकस्थित देशकै ठूलो तरकारी बजारको अवलोकन भ्रमण गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडेलमा रहेको अहिलेसम्मकै नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजारको अवलोकन गरेका हुन् । अवलोकनपछि नेता वस्नेतले आफनो क्षेत्रमा देशकै ठूलो तरकारी बजार सञ्चालनमा आएको भन्दै खुशी साटे । भक्तपुरमा विकासको लहर छाउने आफनो योजना विस्तार सफल हुँंदै गएको भनी उनले प्रशन्नता प्रकट गरे ।

प्रकाशित: २४ चैत्र २०७७ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App