९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योग संगठनमा प्याकुरेल

उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । संगठनको ४८ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदका पदाधिकारी निर्विरोध निर्वाचित भएक हुन् ।

संगठनको सबै पदाधिकारीमा सहमतिका आधारमा चयन गराउने प्रयास भए पनि वरिष्ठ उपाध्यक्षमा दुई प्रदीपकुमार मुरारका र राकेश सुरानाले अडान नछाडेपछि निर्वाचन भएको हो । वरिष्ठ उपाध्यक्षमा भएको निर्वाचनमा मुरारकाले ७७ मत प्राप्त गर्दै विजयी भने सुरानाले ७५ मत मात्रै प्राप्त गरेको उद्योग संगठनले जनाएको छ ।  

निर्विरोध निर्वाचित भएका सुयस प्याकुरेल निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । संगठनको अन्य उपाध्यक्षमा नन्दकिशोर राठी, भोलेश्वर दुलाल र राजकुमार गोल्छा, कोषाध्यक्षमा विपिन काबरा चयन भएका छन् । सुनीलकुमार धनावत, पारस लुनिया, इन्द्र खत्री (राजन), सुवोध कोइराला, शौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे सदस्यमा चयन भएका छन् ।

प्रकाशित: १ चैत्र २०७७ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App