२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघ प्रदेश १ समिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार झापाको विर्तामोडका सम्पन्न तेस्रो साधारणसभाले कार्यसकितिका सबै पदका उमेद्वार सर्वसम्मत निर्वाचित गरेको हो । महासंघ प्रदेश १ को  एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत, जिल्ला÷नगर उपाध्यक्षमा भीम पौडेल र कोषाध्यक्षमा रमेशकुमार राठी निर्वाचित  भएका छन् ।

 त्यसैगरी जिल्ला/नगर सदस्यतर्फ वीरेन्द्र साह, युवराज शाक्य, कुमार भट्टराई, भूपालराज कटुवाल र प्रितम खड्गी निर्वाचित भएका छन् । एसोसिएट सदस्यतर्फ सुभाष आचार्य, राजन श्रेष्ठ , वस्तुगततर्फ रविनकुमार दाहाल, श्रवणकुमार अग्रवाल निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशमा जिल्ला÷नगरतर्फ  पाँच जना, एसोसिएट र वस्तुगत तर्फबाट २–२ जना सदस्य रहने प्रावधान छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ मा २ सय २९ सदस्य छन् ।  

प्रकाशित: २१ पुस २०७७ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App