६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एडिबीसँग १८ अर्ब २५ करोड ऋण सम्झौता

नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रूपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका हुन्।

सहसचिव नेपालले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत् ग्रिडको आधुनिकीकरण गरी विद्युत् आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत् प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए।  

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको कुल लागत करिब २२ अर्ब ८१ करोड रूपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर)रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी चार अर्ब ५६ करोड रूपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर)नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको स्रोतबाट बेहोरिनेछ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत् चुहावटका कारण हुने ऊर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने ऊर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ। यो आयोजनाको कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत् प्राधिकरण हो।

प्रकाशित: १६ पुस २०७७ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App