४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य बढ्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १ सय रुपैयाँले उकालो लागेको छ। प्रतितोला ९ सय रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रूपैयाँमा कारोवार भएको छ। तेजाबी सुन बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो। चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोवार भएको छ। 

बुधबार भने प्रतितोला एक हजार २६५  रुपैयाँमा कारोवार भएको थियो। चाँदी बुधबारका तुलनामा आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ।

प्रकाशित: ९ पुस २०७७ ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App