coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुखुरा फर्ममा आगलागी, १५ लाखको क्षति

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुरको एउटा कुखुरा फर्ममा बुधबार आगलागी भएको छ। जितपुरका दिपक गिरीले सञ्चालन गरेको गहुँको छ्वालीले छाएर बनाएको चाँगुनारायण कुखुरा पोल्टी फर्ममा आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

खबर प्राप्त हुनासाथ तत्कालै घटनास्थलमा महानगरीय प्रहरी प्रभाग सुडाल भक्तपुरबाट प्रहरी टोली खटी गई स्थानीयहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए। गहुँको छ्वालीले छाएको टहराहरु भएको हुँदा भुषे चुलोबाट अचानक आगो सल्किएको हो। तीव्र गतिमा आगो फैलिई टहराहरु पूर्ण रुपमा जलेको र फर्म (टहरा)मा रहेका प्यारेन्ट जातीको कुखुरा अन्दाजी दुई हजार सात सयवटा जलेर अन्दाजी १५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।  

आगलागीबाट मानवीय क्षति हुन नपाएको जनाइएको छ। घटनाबारेमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: १ पुस २०७७ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App