१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

आठ सयले बढ्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँले बढेको छ। पछिल्ला केही दिन स्थिर रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ। मङ्गलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो। मङ्गलबारको तुलनामा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको महासङ्घले जनाएको छ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोवार भएको छ। मङ्गलबार भने ९१ हजार ८५० रुपैयाँमा कारोवार भएको थियो। यस्तै, चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ। मङ्गलबार एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ।

प्रकाशित: १ पुस २०७७ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App