१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर ३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई तीन लाख रूपैयाँ सहयोग गरेको छ । समितिले स्थापनाकालदेखिनै आफ्नो क्षेत्रभित्र बाटो, दल, खानेपानी, बिजुलीबत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाइको काम गर्दै आएको बैंकले जनाएको छ ।

हस्तान्तरण गरिएको रकम समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोही पुस्तकालयको व्यवस्थापनमा उपयोग गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ । बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाले समितिका सचिव हर्कबहादुर भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २२ मंसिर २०७७ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App