४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बूढीगण्डकी प्रभावितद्वारा धर्ना

मुआब्जा वितरण, पुनस्र्थापना र पुनर्बासको काम टुंग्याउन माग गर्दै बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रका स्थानीय आन्दोलित भएका छन् । 

बुधबार आयोजनाको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना एकाइ कार्यालयमा प्रभावित तथा विस्थापितहरूले धर्ना दिएका हुन् । घरबस्ती रहेको जग्गा, सहायक मोटरबाटोले छोएको, घरबस्ती र सहायक मोटरबाटोले छोएको, तीनै किसिमको जग्गाको मुआब्जा प्रतिरोपनी सात लाख ७३ हजार रूपैयाँ पाउनुपर्ने, पाँच रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जा रकममा १५ र १० रोपनीभन्दा कम हुनेलाई मुआब्जा रकमको १० प्रतिशत थप्नुपर्ने माग राष्ट्रिय सरोकार समितिको छ ।

प्रकाशित: १८ मंसिर २०७७ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App