६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मेगा बैंकको ‘कर्पोरेट–पे’ सेवा सुरु

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणाली सुरु गर्ने भएको छ ।  

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

मेगाले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकले बैंकमा नगइकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानी आफ्नो खाताबाटै सजिलै गर्न सक्ने बैंकले जनाएको छ । उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस अथवा एनसिएचएल–आइपिएसमा रियल–टाइम वा नन–रियल टाइममा भुक्तानीसम्बन्धी कारोबार गर्न सकिने बैंकले जनाएको छ ।  

कर्पोरेट–पेमा आबद्ध हुन ग्राहकले मेगा बैंकमा सम्पर्क गरी सो प्रणाली सुरुवातको लागि स्वीकृति लगायत आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताइएको छ । त्यसपछि ग्राहकले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नताबिनै गर्न सक्ने र तोकिएको सीमाभन्दा बढी रकमको कारोबार गर्न बैंकले नियमानुसार थप प्रक्रिया पूरा गर्नुपर्ने बैंकले जनाएको छ । यस प्रणालीमा पहुँच पाउन मल्टी–लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको बैंकको भनाइ छ ।

प्रकाशित: १५ मंसिर २०७७ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App