१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘खुकुरी रम’ अमेरिका निर्यात हुने

नेपालको चर्चित मदिरा ब्रान्ड खुकुरी रम संयुक्त राज्य अमेरिकामा निर्यात हुने भएको छ । नेपाल डिस्टिलरिज प्रालिले उत्पादन गरेको खुकुरी अबको डेढ महिनाभित्रै अमेरिकाकी बजारमा पाइने कम्पनीले जनाएको छ । कम्पनीले पाँच वर्षपछि फेरि खुकुरी रम अमेरिका निर्यात गर्न पाएको जनाएको छ । खुकुरी रम अहिले विश्वका १३ मुलुकमा निर्यात भइरहेको छ । नेपाल डिस्टिलरिजका महा–प्रबन्धक सुभाष लामिछानेले नेपालमा उत्पादन भएको खुकुरी रम पानी जहाजमार्फत अमेरिक प्रस्थान गरिसकेको बताए ।

‘खुकुरी रम बोकेको जहाज अमेरिकातर्फ अघि बढिरहेको छ,’ उनले भने, ‘कोरोना महामारीको समयमा पनि यस्तो अवसरलाई ठूलो उपलब्धिको रूपमा लिएका छौ ।’ महाप्रबन्धक लामिछानेले खुकुरी रम अन्तर्राष्ट्रिय बजारमा पु¥याउन पाउँदा गर्व लागेको बताए । कम्पनीले नेपालको मौलिक रम उत्पादन गर्दै आइरहेको जनाएको छ । ‘खुकुरी रमले नेपाली मदिराको विरासतलाई अन्तर्राष्ट्रिय परिदृश्यमा स्थापित गर्दै आएको छ,’ उनले भने । खुकुरीले यस वर्ष लन्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको कम्पनीको भनाइ छ ।

प्रकाशित: १२ मंसिर २०७७ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App