२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

३ महिनामा ३६ करोड राजस्व संकलन

कपिलवस्तुको सुठौली भन्सारमा चालु आर्थिक वर्ष ०७७/७८ को तीन महिनामा लक्ष्यको ३ गुणा राजस्व संकलन भएको छ । चालु आवको साउन, भदौ र असोज महिनामा गरी कुल ३६ करोड १ लाख १६ हजार ७ सय १९ रूपैयाँ संकलन भएको हो । चालु आवको ३ महिनाका लागि १२ करोड ११ लाख १० हजारको लक्ष्य तोकिएको भन्सार प्रमुख तिर्थराज पासवानले बताए ।  

गत वर्षको सोही अवधिमा ७ करोड ८ लाख ७२ हजार राजस्व उठेका थियो । साउनमा १० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख र राजस्व उठेको भन्सार प्रमुख पासवानले बताए । चालु आवका लागि ५३ करोड ४० लाख ३० हजार लक्ष्य दिइएको छ ।  

स्तरोेन्नति भएको ढेड वर्षपछि सुठौलीमा अहिले राजस्व संकलन राम्रो भएको प्रमुख पासवानले बताए । कृष्णनगर र रूपन्देहीको बैलहिया नाकाको बिचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए । कारोना संक्रमणका बेला लक्ष्यको करिब ३ गुना राजस्व उठ्नु आफैंमा राम्रो संकेत भएको उनले बताए । यो नाकाबाट कृषिजन्य सामग्री, टायल्स बढी आयत हुने गर्छ । संकलित राजस्वमध्ये चामल, आलु, प्याजलगातय सामग्रीबाट उठेका हो । भन्सारका नासु शिव कुमार कुशवाका अनुसार आव ०७६/७७ मा ४७ करोड ९५ लाख ८ हजार ३ सय ५२ रूपैयाँ राजस्व संकलन भएको थियो ।

प्रकाशित: २५ कार्तिक २०७७ ०४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App