१५ कार्तिक २०७७ शनिबार
अर्थ

चार लाखलाई दक्ष जनशक्ति प्रमाणीकरण

सीप परीक्षणको प्रमाणपत्र प्राप्त गरेकाले खाडी मुलुकर मलेसिया जस्ता देशमा मात्र नभई युरोपर अमेरिकामा पनि सहजैरोजगारी पाइरहेको सम्बद्ध अधिकारीहरू बताउँछन्।

नेपालमा अझै पनि धेरैले दक्ष जनशक्तिको रूपमा औपचारिक शिक्षा लिएकालाई मात्र ठान्ने चलन छ। हातमा सीप भए पनि औपचारिक शिक्षा छैन भने तिनलाई दक्ष जनशक्तिको रूपमा नपत्याउँदा एकातिर उनीहरूको वृत्ति विकासरोकिएको छ, अर्कोतर्फ त्यस्ता व्यक्तिबाट समाजले लाभ लिन सकेको छैन।  

औपचारिक शिक्षा हासिल नगरे पनि सीप प्रमाणित गराएर दक्ष जनशक्ति बन्ने संख्या बढ्दो छ। औपचारिक शिक्षा नलिएका तर सीप भएका चार लाखभन्दा बढीले प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा तालिम परिषद् (सिटिइभिटी) बाट दक्षताको प्रमाणपत्र लिएका छन्। स्वमेहनतर प्रयासले सीप सिकेकाले दक्षताको प्रमाणपत्र लिने क्रम जारी छ।  

सिटिइभिटी अन्तर्गतकोराष्ट्रिय सीप परीक्षण समितिले सीप प्रमाणीकरण गर्न थालेपछि सीप सिकेकाले धमाधम परीक्षण गराइरहेका छन्। समितिका अनुसार ३५ वर्षदेखि नै नेपालमा सीप परीक्षण हुने गरे पनि पछिल्लो समयमा आएर मात्र सीप परीक्षणको महत्व बढ्दै गएको छ।  

आफूसँग भएको सीप परीक्षण गराएर प्रमाणपत्र लिँदा स्वदेशर विदेशमा महत्व बढ्न थालेपछि यसो गर्नेको संख्या बढ्दै गएको समितिका पदाधिकारी बताउँछन्।  

नेपालमा अझै पनि ठूलो समूह दक्षताबिनैरोजगारीर व्यवसायी बन्न खोज्छ। केन्द्रीय तथ्यांक विभागका अनुसार बर्सेनि वैदेशिकरोजगारीमा जाने करिब पाँच लाखमध्ये ७४ प्रतिशत अदक्ष हुन्छन्। काममा दक्ष भएर जाँदाराम्रो पारिश्रमिकर सम्मान पाइने भएकाले ठूलो समूहलाई सीप सिकाउन अझै जरूरीरहेको समितिका कर्मचारी बताउँछन्।  

‘सीप हुँदाहुँदै पनि औपचारिक शिक्षा नभएका कारण महत्व कम नहोस् भनेर सीप परीक्षण गर्न थालिएको हो,’ नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाका टिम लिडर देवीप्रसाद दाहालले भने, ‘दक्षिण एसियाका कैयौं मुलुकभन्दा नेपालमा सीप परीक्षण गरेर दक्ष बन्ने क्रम बढी छ।’ संख्याको हिसाबले नेपालमा उल्लेख्य रूपमा प्रगति भइरहे पनि गुणस्तरमा प्रश्न आउन दिन नहुने उनको भनाइ छ। ‘सीप परीक्षणको प्रमाणपत्र पाउनु भनेको सम्बन्धित काममा पूर्ण रूपमा दक्ष भएको हो भन्ने बुझ्नुपर्छ,’ उनले भने।  

सीप परीक्षणको प्रमाणपत्र लिएकाले खाडीर मलेसिया जस्ता देशमा मात्र नभई युरोपर अमेरिकामा पनि सहजैरोजगारी पाइरहेको सम्बद्ध अधिकारी बताउँछन्। हालसम्म औपचारिक अध्ययन नगरेका तर सम्बन्धित काममा दक्ष करिब चार लाखले समितिबाट सीप प्रमाणीकरणको प्र्रमाणपत्र लिएसँगै देशभरिबाट सीप परीक्षणका लागि चासोराख्नेको संख्या निरन्तर बढिरहेको बताइन्छ।  

सीपको प्रमाणपत्र प्राप्त गरेपछि स्वदेशमा मात्र नभई विदेशमा पनि सम्बन्धित काममा दक्ष भएको मानिन्छ। सिटिइभिटीले एकदेखि चार तहसम्म वर्गीकरण गरेर सीप परीक्षण गर्छ। तह एकको सीप परीक्षण उत्तीर्ण हुनेलाई एसइई, तह दुई उत्तीर्ण गर्नेले प्रविणतार तह तीन उत्तीर्ण गर्नेले डिप्लोमा सरह मान्यता पाउने सरकारी अधिकारी बताउँछन्। त्यस्तै चार तहको सीप परीक्षण उत्तीर्ण गरेकालाई औपचारिक माध्यमबाट स्नातक उत्तीर्ण सरहको मान्यता दिइन्छ।  

राष्ट्रिय सीप परीक्षण समितिबाट सीप परीक्षणमा सफल भएकालाई विद्युत् प्राधिकरण लगायत निकायलेरोजगारीको अवसर दिने गरेका छन्। दाहालका अनुसार सीप प्रमाणीकरण गरेकामध्ये धेरैजसो वैदेशिकरोजगारीमा गएरराम्रो काम पाइरहेका छन्।  

त्यस्तै, सीप परीक्षण गरेका कतिपय व्यक्ति स्वदेशमै स्वरोजगार भइरहेको उनको भनाइ छ। ‘हरेक व्यक्तिको जीवनमा व्यवहारिक सीप अति आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसैले अब सीप परीक्षणलाई योग्यता प्रणालीमा विस्तार गर्नुपर्छ भन्नेतिर लागेका छौं।’ योग्यता प्रणालीमा सीपको वर्गीकरण एकदेखि आठ तहसम्म कायम गरिएको छ। योग्यता प्रणालीबारे संसद्बाट कानुन पास हुनेबित्तिकै कार्यान्वयनमा जाने बताइएको छ।  

यो वर्ष आठ हजारको परीक्षण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले चालु आर्थिक वर्ष आठ हजारको सीप परीक्षण गर्ने तयारी गरेको छ। परियोजनाका सूचना अधिकारी शिवराम पोखरेलले सीपयुक्त तालिमर सीप परीक्षणमा चासो बढ्न थालेपछि बर्सेनि लक्ष्य वृद्धि गर्दै गइरहेको बताए। ‘गत वर्ष ३१ हजारलाई सीप परीक्षणर विभिन्न ट्रेडका सीप सिकाइएकोमा यो वर्ष त्यो संख्या बढाएर ४२ हजार तीन सय ४२ लक्ष्य पु-याएका छौं,’ उनले भने। 

प्रकाशित: २ कार्तिक २०७७ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App