२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराजको दशैं सेल धमाका, यस्ता छन् अफर

अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठूलो दशैं सेल  -दराज दशैं धमाका ल्याएको छ। यो योजना असोज १९ (अक्टोबर ५) देखि शुरु भएको छ। दिनहुँ कोभिडका केसेहरु बढ्दै जाँदा, यस अभियान मार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्ने दराजले बताएको छ।

यस अभियान अन्तर्गत उपभोक्ताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स्, दराज मलमा पाइने ब्रान्डेड उत्पादनहरूमा भारि छूट्, आकर्षक भाउचरहरु, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छूट्, फ्ल्यास सेल्स, निशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल  गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य धेरै आकर्षक लाभ पाउने दराजले जनाएको छ।

यस सेल अभियानको विशेष पार्टनरहरुको रूपमा टिभिएस, र कोका कोला  रहेका छन्। उपभोक्ताहरुले यी ब्रान्डका उत्पादनहरूमा आकर्षक अफरहरुको पनि लाभ उठाउन सक्नेछन्।

कार्ड मार्फत भुक्तानीमा अतिरिक्त छूट  

दराजले बैंकहरूसँग साझेदारी गरी डेबिट / क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २०% (अधिकतम २५०० रुपैयाँ) सम्मको छूट् को पनि व्यवस्था गरेको छ। नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकबाट भुक्तानी गर्दा छुट पाउन सकिने छ।  

अनलाइन लूडो प्रतियोगिता

दाराजले उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ। यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरु बीच हुने छ। पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर जित्ने छ, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर जित्ने छ, र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्नेछन्। यसबाहेक, नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जित्ने छन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन्। प्रतियोगिता २१ देखि २२ असोज (७ - ८ अक्टोबर) हरेक दिन दिउँसो १ देखि साँझ ७ बजे सम्म दराज एन्ड्रोइड एपमा आयोजित हुनेछ। प्रतियोगितामा भाग लिनको लागि ५ देखि २१ असोज (१-५ अक्टोबर) भित्र दराज एप मार्फत अनिवार्य दर्ता गर्नुपर्नेछ।

अभियानका लागि पार्टनर ब्रान्डहरूमा टाइटन, आमारया, म्यकेन्रो, सामसंग, इन्फिनिक्स, रंगोली, कोलगेट, लोट्टो, अर्क, भान्स, एमआई, होम ग्लोरी, सीजी, मेडिया, एलजी, जुआस, मामाअर्थ, फ्यानटेक, वर्ल्पुल,यासुडा, पाल्सनिक, न्यू ब्यालेन्स, एक्स-एज, गिटार शप, पियाजाइतालिया, कन्भर्स, र सोनी रहेका छन्। उपभोक्ताहरुले यी ब्रान्ड का खास उत्पादनहरुमा  ६०% सम्मको छूट् पाउने दराजको दावी छ।

 

 

प्रकाशित: २० आश्विन २०७७ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App