२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

माछापुच्छ्रे बैंक लिमिटेडले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत अतिरिक्त शुल्कबिनै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ।  

चाडपर्वको समयलाई लक्ष्य गरी सोमबारदेखि दुई महिनासम्म ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट सजिलै अतिरिक्त शुल्कबिना पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ। 

यसरी पठाएको पैसा नेपालमा रहेका बैंकका एक सय ६० शाखा, एक सय ३३ शाखारहित बैंकिङ सेवा, देशभर रहेका १० हजार भन्दा बढी रेमिटेन्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १६ आश्विन २०७७ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App