१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरियन स्वादको रामेन चाउचाउ

पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ। लामो समयको अनुसन्धानपछि फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको कम्पनीले जनाएको छ। उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको हटपट सिरिजका ब्रान्डको पहिलो प्रस्तुति बजारमा पठाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलोपटक नेपाली र कोरियन स्वादको समिश्रणको रूपमा हटपट चाउचाउ (रामेन) बजारमा आएको कम्पनीका अध्यक्ष श्रीराम पाण्डेले बताए। हटपट चिकन गोरमेट स्पाइसी सुपी नुडल्स रहेको र झोल बनाएर खाने सुपी नुडल्सका रूपमा यसले लोकप्रियता पाउने कम्पनीको विश्वास छ। खासै पिरोसमेत नभएकाले सबै उमेरका व्यक्तिलाई यो सुहाँउदो र यसमा सिजनिङ पाउडर सँगसँगै ड्राइ भेजिटेबलसमेत रहेको कम्पनीले जनाएको छ।  

यो चाउचाउ टू एक्स स्पाइसी रहेकाले पकाएको पानी फ्याँकेर चाउचाउलाई सुक्खा बनाई स्पाइसी पेस्ट एवं रोस्टेड फ्लेक्स मोलेर समेत खान मिल्ने कम्पनीले उल्लेख गरेको छ। टू एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेका लागि बनेको विज्ञप्तिमा उल्लेख छ। चाउचाउको मूल्य प्रतिप्याकेट ५० रूपैयाँ कायम गरिएको छ। कम्पनीले हटपट नुडल्स सिरिजका अन्य उत्पादनसमेत बजारमा ल्याउने तयारी गरिरहेको बताउँदै सबै उत्पादनको लागि ब्रान्ड एम्बेसडरमा पूर्वमिस नेपाल शृंखला खतिवडालाई अनुबन्ध गरेको जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७७ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App