७ वैशाख २०८१ शुक्रबार
अर्थ

कलैया बजारमा प्याजको कालोबजारी, एकैदिनमा दोब्बर

कलैया बजारमा एक दिनकै अन्तरालमा प्याजको मूल्य दोब्बर भएको छ। मंगलबार प्रतिकिलो ६० रुपैयाँ खुद्रामा बिक्री गरिएको प्यारको मूल्य बुधबार प्रतिकिलो १ सय रुपैयाँ पुगेको हो। 

भारतीय सिमाना नजिक रहेको कलैया बजारमा प्याजमा खुल्मखुल्ला कालो बजारी गर्दा यसरी प्याजको मूल्य बढेको उपभोक्ताहरु बताउँछन्। २४ घण्टाको अन्तरालमा लगभग दोब्बर मूल्यले प्याज बढेपछि उपभोक्तहरु मारमा परेका छन्।

तीन दिनअघिसम्म खुद्रामा प्रतिकिलो ४५ रुपैयाँको दरले बिक्री गरिएको प्याजको मूल्य बुधबार प्रतिकिलोको १ सय रुपैयाँ पुगेको व्यापारीहरुले बताए।

भारतबाट प्याज आयातमा कडाई गरेको थाहा पाएपछि थोक बिक्रेताहरुले नै मूल्य बढाएको कलैयामा प्जाय बिक्री गर्दै आएका व्यापारी हरिशंकर जैसवालले बताए।

थोकमै प्रतिकिलोको ८० देखि ९० रुपैयाँमा प्याज खरिद गरिएपछि उपभोक्तहरुलाई किलोको १ सय रुपैयाँसम्म बिक्री गर्नु परेको उनले बताए।

प्रतिकिलो ४५ रुपैयाँबाट बढेर ६० र ६० बाट बढेर किलोको १ सय रुपैयाँ पुगेको व्यापारी जैसवालले बताए।

सीमावर्ती भारतीय बजारहरुमा प्रति किलो ३५ भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ५६) खुद्रामा बिक्री वितरण भैरहेको प्याजको मूल्यमा व्यापारीहरुले कालोबजारी गर्दा समेत स्थानीय प्रहरी, प्रशासन कारवाही गर्नुको साट्टो मौन बसेको कलैया बजारमा प्याज किन्न पुगेका श्याम साहले गुनासो गरे।

सोमबार भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि कलैयाका व्यपारीहरुले भण्डारण गरेका प्यारको मूल्यमा कालोबजारी गर्दा उपभोक्ताहरु महंगोमा प्याज किन्न बाध्य भएको गुनासो उपभौक्ताहरुले गरेका छन्।

प्रकाशित: ३१ भाद्र २०७७ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App