१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हुन्डार्ईको विजेतालाई गाडी

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ । हुन्डाईले कार्यक्रममा विजयीहरू नागेश्वरप्रसाद शाहलाई भेन्यू एस तथा शालिकराम अधिकारीलाई स्यान्ट्रो मग्ना हस्तान्तरण गरेको जनाएको छ ।  

बम्पर लक्की ड्रको विजेताका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताको छनोट कार्यक्रमका मुख्य अतिथि कन्जुमर आई नेपालकी अध्यक्ष श्रीमती विमला खनालले गरेकोे कम्पनीले जनाएको छ । हुन्डाई फेस्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताले एक थान स्यान्ट्रो माग्ना एक थान भेन्यू एस, १० जोडीलाई दुबई भ्रमण सहित स्क्र्याच कार्डमार्फत नगद छुट पनि प्राप्त गरेका थिए । 

प्रकाशित: ३० भाद्र २०७७ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App