१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआइसीको सेयर धितो कर्जा

एनआइसी एसिया बैंकले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा योजना ल्याएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सेयर धितो राखेर सेयरको १२० दिनको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत न्यूनतम एक करोडदेखि अधिकतम १५ करोडसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस अन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३० भाद्र २०७७ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App