टिसिएल ब्रान्डका घरायसी सामग्रीको आधारमा यसपटक फेरि टिसिएल टिभी विश्वको दोस्रो ठूलो ब्रान्ड बन्न सफल भएको छ। नेपालमा पनि टिसिएल ब्रान्डका घरायसी सामग्रीको माग बढ्दो रहेको जनाउँदै कम्पनीले टिसिएल ब्रान्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेस्टफ्रिजर, वाटर डिस्पेन्सर लगायत उपकरण चौधरी ग्रुप अन्तर्गत इओएलमार्फत नेपाली बजारमा बिक्री हुँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ।
टिसिएल ब्रान्ड विश्वमा १५ वटा अवार्ड विजेता समेत भइसकेको छ। टिसिएलका २३ वटा आर एन्ड डी सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरिङ वेस रहेको र एक सय ६० देशमा व्यापर विस्तार गरिसकेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २४ भाद्र २०७७ ०४:३७ बुधबार





