१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जलेश्वरीमा सिम्ले खोलाबाट विद्युत उत्पादन

खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा स्थानीय खोलाबाट विद्युत निकालिएको छ । स्थानीय सिम्ले खोलाबाट ५ किलोवाट क्षमताको विद्युत निकालिएको हो । जलेश्वरीको देम्लीटार, बाबियोखर्क र हंखाईका ६५ घरमा बिस्तार गरिएको लघुजलविद्युत आयोजना बिहिबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले उद्घाटन गरेका छन् । गाउँपालिकाको सहयोग र समन्वयमा जलेश्वरीका स्थानीयले गाउँकै खोलाबाट विद्युत निकालेका हुन् ।  

लघुजलविद्युत योजनाका लागि गाउँपालिकाले ५ लाखको टर्बाइन, पाँच लाख बराबरकै विद्युतीय सामग्री र ११० एमएमको १२० मिटर कुलोपाईप उपलव्ध गराएको उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर गिरीले बताए । यस्तै, योजनाका लागि गाउँपालिकाको समन्वयमा लोअर मिड तावाखोला हाइड्रोपावर कम्पनीले २४ लाख बराबरको तार उपलव्ध गराएको समितिले जनाएको छ । 

पुस्तौंदेखि अध्याँरोमा बस्दैआएका जलेश्वरी बाबियोखर्कका २५ घर, हंखाईका १६ घर र देम्लीटारका  २४ घरमा बत्ती बलेको छ । विद्युत बलेपछि स्थानीय उत्साहित भएका छन् । ‘वरपरका गाउँमा पहिल्यैदेखि बत्ती बलेको थियो, यो ठाउँ पुस्तौंदेखि अध्याँरो थियो,’ अध्यक्ष गिरीले भने, ‘पहिलोपल्ट घरमा बत्ती बल्दा गाउँलेहरू खुसी भएका छन् ।

प्रकाशित: ११ भाद्र २०७७ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App