१ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

भन्सार छलेको आरोपमा मुद्दा

राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

विभागका अनुसार वीरगन्ज महानगरपालिका–१० का रजनिश गुप्ता, राजेन्द्र थापासहित ६ जनाविरुद्ध उच्च अदालन पाटनमा मुद्दा दायर गरिएको हो । विभागले यी व्यक्तिविरुद्ध तीन करोड १९ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

विभागका अनुसार उनीहरूले भारतीय ट्रकमा फल्स बटम बनाएर भन्सार नतिरी सामान ल्याएका थिए । उनीहरूले युपी ७८ सिएन ३४६५ नम्बरको ट्रकमा फल्स बटम बनाएर कपडा लुकाएर नेपाल छिराएका थिए । उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिस्टिकका सञ्चालक राजेन्द्रप्रसाद गुप्ता र ट्रक चालक सुनिल कुमारलाई बरामद मालवस्तुको ५३ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

अन्यलाई भन्सार चोरी पैठारीको बिगो दुई करोड ६६ लाख गरी जम्मा तीन करोड १९ लाख रूपैयाँ कायम गरिएको विभागले जनाएको छ । बरामद ट्रक लिलामी प्रयोजनमा मुद्दामा गएको छ ।

अर्थ मन्त्रालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्रीको कार्यालय मातहत लगेपछि यसको सक्रियता निकै बढेको छ । सुरुमा प्रधानमन्त्री कार्यालय अन्तर्गत लैजाँदा आलोचना भए पनि विभागको कार्यसम्पादनले आलोचकहरूलाई मज्जैको जवाफ दिएको छ ।  

विभाग प्रधानमन्त्री कार्यालय मातहत गएपछि यसको सक्रियता दोब्बर भएको त्यसपछि विभागले अनुसन्धान गरी दायर गरेका मुद्दाको संख्याले देखाउँछ । 

प्रकाशित: ८ भाद्र २०७७ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App