१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरोना नियन्त्रणमा गरिएको खर्च छानबिन हुँदै

पाटन नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न १ करोड ७३ लाख खर्च गरेपछि छानबिन सुरु गरिएको छ। गत आर्थिक वर्षमा नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, औषधि खरिद, स्वास्थ्य सुरक्षा सामग्री खरिद, आइसोलेसन कक्ष निर्माणमा सो रकम खर्च गरेको हो। राहत वितरणमा मात्रै नगरपालिकाले७३ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। कोरोना नियन्त्रणमा भएको खर्च विवरणबारे बुुझ्न नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा समिति गठन गरेर अध्ययन भइरहेको जनाएको छ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणमा नगरपालिकाले १ करोड ७३ लाख खर्च गरेको नगरपालिकाका लेखापाल भवानी भट्टले जानकारी दिए। नगरपालिकाले कोरोना भाइरस नियन्त्रण र रोकथाम तथा अन्य विकास निर्माणका काममा गरेको खर्च नियमानुसार भए नभएको बारेमा अध्ययन भइरहेको समिति संयोजकभट्टले जानकारी दिए।

नगरपालिकाले विभिन्न क्षेत्र गरेको खर्चमा स्थानीय आपत्ती जनाएपछि त्यसको सत्यतथ्य बाहिर ल्याउनका लागि समितिले काम गरिरहेको बताइएको छ। नगरपालिकाले गरेकोखर्चका विषयमा समितिले अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ।

प्रकाशित: २५ श्रावण २०७७ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App