१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बुध्द एयरले ल्यायो सस्तो भाडा दर

हवाई उडान

बुध्द एयर

काठमाडौं–सरकारले भदौ १ देखि हवाई उडान सुरु गर्ने निर्णय गरेसँगै हवाई कम्पनीहरूले यात्रुलाई आकर्षित गर्ने सस्तो भाडा दर कायम गर्नेक्रम सुरु भएको छ। यसैक्रममा बुध्द एयरले सस्तो मूल्यको भाडा दर सार्बजनिक गरेको छ।  उसले काठमाडौंबाट विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपालगञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि ५४ सय रुपैयाँको सुरुवाती एकतर्फी हवाई भाडादर तोकेको छ। 

बुध्दले काठमाडौंबाट विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपालगञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि ५४ सय रुपैयाँको सुरुवाती एकतर्फी हवाई भाडा दर तोकेको छ।  

उसले जारी गरेको प्रेस विज्ञप्ति अनुसार घन्टौंसम्म बसमा यात्रा गर्दा कोरोना भाइरस संक्रमण हुने डर हुन्छ। त्यसैले छोटो समयमै सुरक्षित रुपमा सस्तो मूल्यमा हवाई यात्रामा आकर्षित गर्न सस्तो भाडादर कायम गरेको हो। उसले कोभिड–१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास पनि गरिरहेको छ। हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई गरिनेछ भने, कर्मचारीलाई आबश्यक सुरक्षा तालिम तथा पिपिई प्रदान गरिसकेको छ। हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य गरिएको छ ।  

‘हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न हामीले एकद्वार प्रणाली अपनाएका र्छौं, जसअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी महामारी रोकथामका लगि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने छौं। यसबाट राज्यलाई महामारी समुदायमा फैलिनबाट रोक्न मद्दत पुग्नेछ भने देशको अर्थतन्त्र पनि चलायमान हुनेछ।’ 

प्रकाशित: २३ श्रावण २०७७ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App