१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

रावा बैंकमा नक्कली नोट भेटियो

उदयपुरको गाइघाटस्थित राष्ट्रि वाणिज्य बैंकमा एउटा हजार रुपैयाँको नक्कली नोट फेला परेको छ । बिहान बैंक खुल्नेबित्तिकै सेवाग्राहीले जम्मा गरेको हजारका नोटमध्ये एउटा नक्कली फेला परेको हो ।  

च अब्लिक ७१, २५०९८३ नं. को उक्त नोट रकम जम्मा गर्ने सेवाग्राहीले ल्याएको बन्डलभित्र रहेको काउन्टरका एक कर्मचारीले बताए । उनका अनुसार सेवाग्राही गइसकेपछि रकम मिलाउने क्रममा नोट शंकास्पद पाइएपछि राम्ररी चेकजाँच गर्दा नक्कली पुष्टि भएको हो ।  

‘बिहानदेखि भिडभाड थियो, धेरै सेवाग्राहीले गरेको डिपोजिट रकम सुरुमा काउन्टर मेसिनले गनेर राखियो,’ ती कर्मचारीले भने, ‘तर, पछि नोट मिलाउन एक–एक गर्दै गन्ने क्रममा एउटा शंका लागेर मेसिनमा जाँच्दा नक्कली भएको पत्तो लाग्यो ।’ गभर्नर चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको नक्कली नोट हुवहु सक्कलीजस्तै पाइएकाले सर्वसाधारण सहजै झुक्किने बैंकका कर्मचारीको भनाइ छ ।

नक्कली नोट फेला परेपछि नोट खिचेर सुरक्षित राखिएको र राष्ट्र बैंकमा बुझाउने तयारी भइरहेको छ । बैंकका प्रबन्धक शिव पौडेलले भने आफू काम विशेषले कार्यालय बाहिर रहेकाले नक्कली नोट फेला परेको विषयमा जानकारी लिन नभ्याएको बताए । अन्यत्र बजारमा नक्कली नोटको कारोबार हुने गरेको सुनिएकाले उदयपुरमा पनि यस्तो अपराधिक गतिविधि हुनसक्ने भन्दै सर्वसाधारणलाई सचेत हुन उनले आग्रह गरे । प्रबन्धक पौडेलले नक्कली नोटको आशंका भए बैंकमा ल्याएर देखाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित: २१ श्रावण २०७७ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App