२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

रेमिटेन्स तीन प्रतिशतले घट्यो

कोरोना भाइरसको महामारीपछि अनुमान गरिए अनुसार रेमिटेन्स आप्रवाह घटेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७६÷७७ को ११ महिना (साउन–जेठ) को बिहीबार सार्वजनिक तथ्यांकमा रेमिटेन्स आप्रवाहमा तीन प्रतिशतले कमी आएर सात खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको उल्लेख छ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १७.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको  थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ ।  

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई आठ खर्ब ७२ अर्ब ७८ करोड रूपैयाँ कायम भएको छ। यस्तै, आर्थिक वर्ष ०७६÷७७ को ११ महिनामा वस्तु व्यापार घाटामा १६.४ प्रतिशतले संकुचन आउँदा कुल व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रूपैयाँ कायम भएको छ। गत वर्षको सोही अवधिमा यस्तो घाटा १७.२ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो।

प्रकाशित: २ श्रावण २०७७ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App