७ वैशाख २०८१ शुक्रबार
अर्थ

बीमा कम्पनीद्वारा ९२ अर्ब १७ करोड बीमाशुल्क आर्जन

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले करिब ९२ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १९ जीवन बीमा र २० निर्जिवन बीमा कम्पनीले चालु आवको ११ महिनाको अवधीमा उक्त बीमाशुल्क रकम संकलन गरेको बीमा समितिले जनाएको छ ।  

समितीका अनुसार सो अवधीमा जीवन बीमा कम्पनीले ६९ अर्ब ८० रुपैयाँ र २० वटा निर्जिवन बीमा कम्पनीले करिब २२ अर्ब ३७ रुपैयाँ बीमाशुल्क रकम आर्जन गरेका छन् । चालु आवको जेठ मसान्तसम्म १९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन नेपाल लाइफ इन्स्यारेन्सले गरेको छ । कम्पनीले सो अवधीमा २० अर्ब ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।  

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले करिब १० अर्ब ७२ करोड, नेशनल लाइफले ६ अर्ब २३ करोड रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले करिब ६ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

सोही अवधीमा युनियन लाइफले ३ अर्ब ६५ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ६० करोड रुपैयाँ र एशियन लाइफले ३ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ ।  

समितिका अनुसार चालु आवको जेठ मसान्तसम्म प्राइम लाइफले २ अर्ब ५१ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ३७ करोड रुपैयाँ र गुराँस लाइफले १ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  

रिलायबल लाइफले १ अर्ब ३७ करोड रुपैयाँ, ज्योति लाइफले १ अर्ब ३६ करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब ३२ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।  

त्यसैगरी, रिलायन्स लाइफले १ अर्ब ४ करोड रुपैयाँ, आईएमई लाइफले ९८ करोड रुपैयाँ, सन नेपाल लाइफले ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने सानिमा लाइफले ६६ करोड रुपैयाँ, प्रभु लाइफले ५८ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ ।  

समितिका अनुसार सो अवधीमा निर्जिवन बीमा कम्पनीले चालु आवको ११ महिनाको अवधीमा करिब २२ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सो अवधीमा सबैभन्दा धेरै बीमाशुल्क कम्पनी शिखर इन्स्योरेन्सले २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।  

त्यसैगरी, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ९५ करोड रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ७५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

समितिका अनुसार एनलजी इन्स्योरेन्सले १ अर्ब ५१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स एक अर्ब ४५ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सो अवधीमा आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले ९८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको समितीले जनाएको छ ।  

पु्रडेन्सियल इन्स्योरेन्सले ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको भने ओरियन्टल इन्स्योरेन्स कम्पनीले ९० करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८३ करोड रुपैयाँ र अजोड इन्स्योरेन्सले ७२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

समितिका अनुसार नेशनल इन्स्योरेन्सले ७० करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ५८ करोड रुपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीले ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सो अवधीमा सानिमा जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिले जनाएको छ ।

प्रकाशित: २५ असार २०७७ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App