८ वैशाख २०८१ शनिबार
अर्थ

सुनको मूल्य फेरी बढ्यो

लकडाउनको अवधीमा लगातार बढीरहेको सुनको मूल्य बिहीबार प्रतितोला ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको हो।  

बुधबार सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला ९ सय ८० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

 

प्रकाशित: २५ असार २०७७ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App