१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

महाराजगंजमा १ अर्ब ७ करोड रकम विनियोजीत

नगरलाई हिलोमुक्त बनाउन पक्की सडक बनाउने अभियान

कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । कोरोना भाइरसका कारण जारी लकडानउका बीच नगरपालिकाको सातौ नगर सभामा सो बजेट प्रस्तुत गरिएको हो । नगरपालिकाले असार १० गते नीति तथा कार्यक्रम पारित गरेको थियो । पूँजीगत तर्फ ५४ करोड, ७६ लाख ६३ हजार तथा चालु तर्फ ११ करोड विनियोजन गरेको नगर प्रमुख अब्दुल कलामले बताए ।  

नगरपालिकाको सशर्त अनुदान २७ करोड १९लाख र सामाजिक सुरक्षा तर्फ १५ करोड रकम नगर सभाले विनियोजीत गरेको छ । महाराजगंज नगरपालिकाले हिलो मुक्त गाउँ निर्माणका साथ अघि बढेको नगर प्रमुख कलामले बताए । कोरोना भाइरसका कारण चालु आर्थिक वर्षमा बिकास निर्माणमा बाधा पुगेको प्रमुख खाले बताए । तर आगमी आर्थिक वर्ष विकास निर्माणर्ला तीब्रता दिईने उनले बताए ।  

यस्तै खरको छानो मुक्त नगर निर्माण र शुद्धखाने पानीमा समेत विशेष रकम विनियोजन गरेको नगर प्रम्ख खाले बताए । नगरपालिकाले महाराजगंज नगरपालिकामा रहेको ११ वटै वडालाई ७५ लाखको दरले रकम विनियोजन गरेको नगर उपप्रमुख शुभावती कुर्मीले बताइन् । नगरको भौतिक पूर्वाधार विकास, शिक्षा स्वास्थ्य कृषि, पशु सेवा, लगायतका क्षेत्रमा रकम विनियोजीत गरीएको उप प्रमुख कुर्मीले बताइन् । 

प्रकाशित: १८ असार २०७७ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App