१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

यस्तो छ बैंक वित्तीय संस्थाको १० महिनाको निक्षेप परिचालन र कर्जा प्रवाहको अवस्था

चालु आर्थिक वर्षको १० महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाले चल्ती, मुद्दती र बचत खातामा ३६ खर्ब ९७ अर्ब रुपैयाँ बचत परिचालन गरेका छन्।  सो अवधीमा यी बैंक वित्तीय संस्थाले पर्यटन, कृषि, होटल, उद्योगलगायतका क्षेत्रमा ३२ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

साउन

चालु आर्थिक वर्ष ०७६/०७७ को साउन महिनामा बैंक वित्तीय संस्थाको निक्षेप परिचालन शून्य दशमलव ४ प्रतिशतले घटेको छ।  अघिल्लो आवको सोही अवधीमा पनि शून्य दशमलव ४ प्रतिशतले निक्षेप परिचालन घटेको थियो।  

त्यसैगरी, चालु आवको पहिलो महिनामा बैंक वित्तीय संस्थाको निजी क्षेत्रमा शून्य दशमलव ५ प्रतिशतले बढेको छ।  अघिल्लो आवको सोही अवधीमा बैंक वित्तीय संस्थाको निजी क्षेत्रमा शून्य दशमलव ७ प्रतिशतले कर्जा प्रवाह बढेको थियो।  

भदौं

भदौं महिनामा बैंक वित्तीय संस्थाको निक्षेप परिचालन शून्य दशमलव ४ प्रतिशतले बढेको छ।  अघिल्लो अवाको सोही अवधीमा १ दशमलव ३ प्रतिशतले निक्षेप परिचालन बढेको थियो।  

त्यसैगरी, सोही अवधीमा बैंक वित्तीय संस्थाको निजी क्षेत्रमा २ दशमलव ५ प्रतिशत कर्जा प्रवाहमा वृद्धि भएको छ।  अघिल्लो आवको सोही अवधीमा निजीको क्षेत्रको कर्जा २ प्रतिशले बढेको थियो।  

असोज

चालु आवको तेस्रो महिनामा मुलुकका बैंक वित्तीय संस्थाको निक्षेप परिचालन ३ प्रतिशत बढेको छ।  अघिल्लो आवको सोही अवधीमा यस्तो निक्षेप २ दशमलव ४ प्रतिशतले बढेको थियो।  

राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज महिनाका यी बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह अघिल्लो आवको सोही अवधीको तुलनामा २ दशमलव ९ प्रतिशत घटेको छ।  अघिल्लो आवको सोही अवधीमा यस्तो कर्जा ७ दशलमव २ प्रतिशतले बढेकोमा चालु आवको सोही अवधीमा कर्जा प्रवाह ४ दशमलव ३ प्रतिशत ले बढेको छ।  

कार्तिक

कार्तिक महिनामा बैंक वित्तीय संस्थाको निक्षेप परिचालन ३ दशमलव १ प्रतिशतले बढेको छ।  अघिल्लो आवको सोही अवधीमा निक्षेप संकलन ३ दशमलव ६ प्रतिशतले बढेको थियो।  

त्यसैगरी, सोही अवधीमा बैंक वित्तीय संस्थाको कर्जा प्रवाह ५ प्रतिशतले बढेको छ।  अघिल्लो आवको चौथो महिनामा कर्जा प्रवाह ८ दशमलव ५ प्रतिशतले बढेको थियो।  

मंसिर

चालु आवको मंसिर महिनामा बैंक वित्तीय संस्थाको निक्षेप परिचालन अघिल्लो आवको सोही अवधीको तुलनामा करिब २ दशमलव २ प्रतिशतले घटेको छ।  

अघिल्लो अवाको मंसिर मसान्तसम्म निक्षेप परिचालन ६ दशमलव २ प्रतिशतले बढेकोमा चालु आवको सोही अवधीमा यस्तो कर्जा ४ प्रतिशतले बढेको हो।  

त्यसैगरी, मंसिर महिनामा निजी क्षेत्रमा भएको कर्जा प्रवाह ४ प्रतिशतले घटेको आएको छ।  बैंक वित्तीय संस्थाले गत आवको पाँचौं महिनामा कर्जा प्रवाह १० दशमलव २ प्रतिशतले बढाएकोमा चालु आवको सोही अवधीमा ६ दशमलव २ प्रतिशतले कर्जा प्रवाह बढाएका छन्।  

पुष

चालु आवको पुषमा बैंक वित्तीय संस्थाको निक्षेप परिचालन ६ दशमलव २ प्रतिशतले बढेपनि अघिल्लो आवको तुलनामा १ दशमलव ५ प्रतिशले कम हो।  

यी बैंक वित्तीय संस्थाले अघिल्लो आव ०७५/०७६ को पुष महिनामा ७ दशमलव ७ प्रतिशतले निक्षेप परिचालन बढाएका थिए।  

त्यसैगरी, सोही अवधीमा निजी क्षेत्रमा हुने कर्जा प्रवाहमा पनि कमि आएको छ।  पुषमा बैंक वित्तीय संस्थाको कर्जा प्रवाह अघिल्लो आवको तुलनामा ४ दशमलव १ प्रतिशतले घटेको छ।  

गत आवको पुषमा बैंक वित्तीय संस्थाको कर्जा १२ दशमलव ७ प्रतिशतले बढेकोमा चालु आवको साही अवधीमा ८ दशमलव ६ प्रतिशतले कर्जा घटेको हो।  

माघ

माघ महिनामा बैंकले वित्तीय संस्थाको निक्षेप परिचालन ६ दशमलव ४ प्रतिशतले बढेपनि अघिल्लो आवको सोही अवधीको तुलनामा २ दशमलव ३ प्रतिशतले कम हो।  

यी बैंक वित्तीय संस्थाले आव ०७५/०७६ को पुष महिनामा ८ दशमलव ७ प्रतिशतले निक्षेप परिचालन बढेको थियो।  

त्यसैगरी, चालु आवको पुष महिनामा निजी क्षेत्रमा प्रवाह गरिने कर्जा ५ दशमलव १ प्रतिशतले घटेको छ।  अघिल्लो आवको पुषमा यस्तो कर्जा १४ प्रतिशतले बढेको थियो भने चालु आवको पुषमा निजी क्षेत्रमा प्रवाह गरिने कर्जा ८ दशलमव ९ प्रतिशले बढेको छ।  

फागुन

नेपाल राष्ट्र बैंकले प्रकासित गरेको फागुन महिनाको वित्तीय विवरण अनुसार बैंक वित्तीय संस्थाको निक्षेप परिचालन ८ प्रतिशतले बढेको छ।  उक्त निक्षेप अघिल्लो आवको तुलनामा १ दशमलव ७ प्रतिशतले कम हो।  

बैंक वित्तीय संस्थाको अघिल्लो आवको माघमा ९ दशमलव ७ प्रतिशतले निक्षेप बढेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।  

त्यसैगरी, सोही अवधीमा अघिल्लो आवको तुलनामा कर्जा प्रवाहमा समेत कमि आएको छ।  अघिल्लो आवमा १४ दशमलव ६ प्रतिशतले निजी क्षेत्रमा हुने कर्जा प्रवाह बढेकोमा चालु आवको माघ महिनामा यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।  

चैत

चालु आवको चैतमा बैंक वित्तीय संस्थाको निक्षेप परिचालन अघिल्लो आवको तुलनामा घटेको छ।  राष्ट्र बैंकका अनुसार चैत महिनामा निक्षेप परिचालन ९ नौ दशमलव ७ प्रतिशतले बढेपछि अल्लिो आवको तुलनामा शून्य दशमलव ९ प्रतिशतले कम हो।  

अघिल्लो आवको चैतमा निक्षेप परिचालन १० दशमलव ६ प्रतिशतले बढेको थियो।  

त्यसैगरी, सोही अवधीमा अघिल्लो आवको तुलामा कर्जा प्रवाह पनि ५ प्रतिशतले घटेको छ।  गत आवको चैतमा १६ दशलमव ५ प्रतिशतले कर्जा प्रवाह बढेकोमा चालु आवको सोही अवधीमा ११ दशमलव ५ प्रतिशतले निजी क्षेत्रको कर्जा बढेको हो।  

वैशाख

चालु आवको वैशाख महिनामा बैंक वित्तीय संस्थाको निक्षेप परिचालन ११ प्रतिशतले बढेको छ।  अघिल्लो आवको सोही अवधीमा निक्षेप परिचालन ११ दशमलव ७ प्रतिशतले बढेको थियो।  

त्यसैगरी, सोही अवधीमा निजी क्षेत्रको कर्जा प्रवाह ११ दशमलव १ प्रतिशतले बढेपनि अघिल्लो आवको सोही अवधीको तुलनामा ६ प्रतिशत कम हो।  

राष्ट्र बैंकका गत आवको वैशाख महिनामा निजी क्षेत्रको कर्जा प्रवाह १७ दशमलव १ प्रतिशतले बढेको थियो।    

 

प्रकाशित: १८ असार २०७७ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App