coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सेयर बजारमा 'सकारात्मक सर्किट', डेढ घण्टामै कारोबार बन्द

बुधबार नेप्से परिसुचक ६ प्रतिशतले बढेसँगै आजको लागि सेयर कारोबार बन्द भएको छ। सेयर बजारमा कारोबार सूरु भएको १ घण्टा २३ मिनेटमा नेप्से परिसूचक ६ प्रतिशत अर्थात ७५ दशमलव ९९ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५३ विन्दुमा पुगेपछि आजका लागि सेयर किनवेच बन्द भएको हो।  

बुधबार सेयर कारोबार सूरु भएको डेढ घण्टाको अधवीमा बजारमा तीन पटक सकरात्मक सर्किट ब्रेक लागेको थियो। सेयर कारोबार सूरु भएको १३ मिनेटमै पहिलो पटक नेप्से परिसूचकमा सकारात्मक सर्किट ब्रेक लागेपछि २० मिनेटको लागि कारोबार रोकिएको थियो।  

दोस्रो पटक सुरु भएको सेयर कारोबारमा पूनः दुई मिनेटमै दोस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि ४० मिनेटको लागि सेयर कारोबार स्थगित गरिएको थियो भने तेस्रो पटक सूरु भएको सेयर कारोबारमा १२ बजेर २४ मिनेटमा पूनःसर्किट ब्रेक लागेपछि आजको लागि कारोबार बन्द भएको नेप्सले जनाएको छ।  

यसअघि मंगलबार पनि सेयर बजारमा तीन पटक सकरात्मक सर्किट ब्रेक लागेको थियो।  

बुधबार सेयर बजार खुलेको पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा ५ प्रतिशतले बढेको थियो। तेस्रो पटक खुलेको सेयर बजारमा ४० मिनेटपछि बजार थप ६ प्रतिशतले बढेसँगै आजको लागि शेयर कारोबार स्थगन भएको हो।  

बुधबार नेप्से परिसूचकमा करिब ४० करोड ७३ लाखको शेयर किनबेच भएको थियो।  

नेपाल पूनर्विमाको सकरात्मक सर्किट ब्रेक

नेपाल पूनर्विमा कम्पनीको सेयर मूल्यमा लगातार दुई दिन नकरात्मक सर्किट ब्रेक लागेपनि बुधबार भने सकरात्मक सर्किट ब्रेक लागेको छ।  

बुधबार पूनर्विमा कम्पनीको सेयर मूल्य ३४ अंकले बढेर ३ सय ७८ रुपैयाँ पुगेको छ। कम्पनीको पहिलो पटक गत सोमबार ४ सय २४ रुपैयाँमा सेयर कारोबार किनबेच सूरु गरेको थियो भने पहिलो दिन कम्पनीको सेयर मूल्य ४२ रुपैयाँ घटेको थियो। सोमबार कम्पनीको प्रति कित्ता सेयर ३ सय ८२ रुपैयाँमा झरेको थियो।  

त्यसैगरी, सेयर कारोबार सूरु भएको दोस्रो दिन अर्थात मंगलबार प्रतिकित्ता सेयरमको मूल्य ९ दशमलव ९४ प्रतिशत तल झरेको थियो। मंगलबार पूनर्विमा कम्पनीको प्रतिकित्ता सेयर ३८ रुपैयाँले घटेर ३४४ रुपैयाँमा झरेको थियो।

लगातार दुई दिन नकरात्मक सर्किट ब्रेक लागेको कम्पनीको सेयरमा मंगलबार भने सकरात्मक सर्किट ब्रेक लागेपछि लगानीकर्ताहरु उत्साहित भएका थिए।  

 

प्रकाशित: १७ असार २०७७ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App