१८ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

चन्द्रागिरी नगरपालीको बजेट सार्वजनिक, चालु आवमा डेढ अर्ब खर्च गरिने

काठमाडौंको चन्द्रागिरी नगरापालीकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट सार्वजनिक गरेको छ।  

अघिल्लो आवको तुलनामा सानो आकारको बजेट सार्वजनिक गर्दै नगरकी उप–प्रमुख लिशा नकर्मीले आगामी आवका लागि १ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी हुन्।  

नगरसभाको पाँचौ अधिवेशनका अबसरमा उप–प्रमुख नकर्मीले आगामी आवको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै चालूतर्फ ७४ करोड १२ लाख र पुँजीगततर्फ ६० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिईन्।  

नगरपालिकाले सामाजिक सुरक्षातर्फ १५ करोड रकम विनियोजित गरेको उनले बताईन्। उप–प्रमुख नकर्मीले आन्तरिक स्रोतमध्ये घर जग्गा दर्ताबाट २८ करोड रुपैयाँ संकलन गरेको बताईन्।  त्यसैगरी, बाह्य श्रोत मध्ये नेपाल सरकारबाट ६६ करोड ३५ लाख, प्रदेश सरकारबाट १२ करोड ८५ लाख रुपैयाँ र अन्य सरकारी निकायबाट २१ करोड २० लाख रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ।  

नगरपालीकाले आगामी आवको बजेटमा मातातीर्थ, दहचोक, इन्द्रदह, मत्क्ष्यनारायण, थानकोट लगायतका क्षेत्रमा पर्यटन विकासलाई मुख्य प्राथमिकता दिइएको छ।  

त्यसैगरी, चालु आवमा नगरपालीकाको कार्यालय भवनको निर्माण, थानकोट त्रिभुवन पार्क निर्माण, पार्किङ् भवन निर्माण, पर्यटन पदमार्ग विकास, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण र नदी नियन्त्रण लगायतका काम गरिने उनले बताईन्।  

नगरपालिकाले आगामी आवमा डिजिटल कर प्रणालीको प्रशासनिक सुधार गर्नै लगायतका नीति तथा कार्यक्रम रहेको अघि सारेको  छ।  

 

प्रकाशित: ११ असार २०७७ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App