२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकमा कर्मचारी नियुक्तीको परीक्षा स्थगित

कोभिड–१९ को संक्रमण जोखिम बढ्ने भन्दै लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकलाई तत्काल परीक्षा नगर्न निर्देशन दिएको छ।   जनशक्तिको अभाव भएपछि राष्ट्र बैंकले गत माघमा जनशक्ति व्यवस्थापन, जनशक्ति योजना पारित गरी आर्थिक वर्ष ०७८/०७९ सम्म अधिकृतस्तर, सहायकस्तर र कार्यालय सहयोगी नियुक्त गर्ने योजना बनाएको थियो।  

सात वटै प्रदेशमा प्रादेशिक कार्यालयको भूमिका, जिम्मेवारी बढाउन ती कार्यालयको पूनसंरचना गर्ने योजना भएपनि लोक सेवा आयोगले राष्ट्र बैंकलाई तत्काल परिक्षा नगर्न निर्देशन दिएपछि कर्मचारी नियुक्तीको परीक्षा अनिश्चीत कालका लागि सरेको हो।  

राष्ट्र बैंक श्रोतका अनुसार जनशक्ति योजना तर्जुमा गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीको संयोजकत्वमा डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, राष्ट्र बैंकमा कार्यरत तीन जना प्रतिनिधि र जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी उच्चस्तरीय समिति गठन भएको थियो।  

कर्मचारी नियुक्त गरी नयाँ ढंगले काम कारबाही अघि बढाउने योजना हरेपनि कोरोनाका कारण जनशक्ति व्यवस्थापन गर्न अघि सारेको योजना तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बताए।  

कोरोनाको संक्रमण बढ्दै गएपछि लोकसेवा आयोगले तत्काल परीक्षा स्थगित गर्न निर्देशन दिएकाले हाल कार्यरत कर्मचारी परिचालन गरी काम चलाईने उनले बताए।  

डेपुटी गर्भनर शिवाकोटीका अनुसार राष्ट्र बैंक कर्मचारी विनियमावलीका कारण इलेक्ट्रिसियन, फार्मासिस्ट, इन्जिनियर, चिकित्सक, चालक र सुरक्षाकर्मी बाहेक अन्य कर्मचारीहरु करारमा राख्न पाईदैन।  

विनियमावलीमा अधिकृत, साहयक र सहयोगीस्तरका कर्मचारी करारमा राख्न नपाईने व्यवस्थाका कारण अब कर्मचारी व्यवस्थापन र विभागहरुको पुनर्संरचना गरिने उनले बताए।

लोकसेवा आयोगले नयाँ कर्मचारी नियुक्तीका लागि परीक्षा स्थगित गरेपछि हाल कार्यरत कर्मचारीलाई नयाँ ढंगले परिचालन गर्ने, आवश्यकता अनुसार केही पुराना विभाग खारेज गरी ती विभागमा कार्यरत कर्मचारीलाई नयाँ विभागमा खटाउछौं।’

श्रोतका अनुसार राष्ट्र बैंकमा हाल १७ जना बिशिष्ट अधिकृतहरु कार्यरत हरेका छन् भने नयाँ कर्मचारी नियुक्त नहञ्जेल यीनै कर्मचारी परिचालन गरी नयाँ कार्यालय पूर्नसंरचना गरिने भएको छ।  

राष्ट्र बैंकले तीन वर्षको अवधीमा जनशक्ति कार्ययोजनामा कार्यालयलको पुर्नसंरचना गरी एक हजार ३ सय ५५ जना कर्मचारी नियुक्त गर्ने योजना बनाएको थियो।  

जसअनुसार बैंकले १८ जना विशिष्ट अधिकृत,  ५४ जना अधिकृत प्रथम, २ सय ९ जना द्वितीय अधिकृत,  ४ सय २३ जना तृतिय अधिकृत नियुक्त गर्नै योजनामा रहेको थियो।  

त्यसैगरी, एक सय ८१ जना सहायक प्रथम, ३ सय ६२ जना द्वितीय सहायक, १३ जना तृतीय सहायक ९५ जना कार्यालय सहयोगी नियुक्त गर्ने योजना रहेपछि लोक सेवाले परिक्षा स्थगित गरेपछि नयाँ कर्मचारी नियुक्तीको परीक्षा अनिश्चीत अवधीका लागि सरेको हो।  

कोरोना भाइरसको संक्रमणका कारण आयोगले परीक्षा स्थगित गरेपछि आवश्यकता अनुसार त्यसको विकल्प खोजिने डेपुटी गर्भनर शिवाकोटीले बताए।  

राष्ट्र बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्म बैंकमा सहायक स्तरका चार सय ९५ जना, कार्यलय सहयोगी स्तरका ४ सय ४६ र करारमा एक सय १५ जना गरी कूल एक हजार ५६ जना कार्यरत छन।  

त्यसैगरी,  १० जना चिकित्सक, ४ जना इन्जिनियर, २ जना इलेक्ट्रिसियन, २ जना फार्मासिस्ट, ५२ जना चालक र ८५ जना सुरक्षाकर्मी गरी एक सय ५५ जना कर्मचारी करारमा कार्यरत छन्।  

राष्ट्र बैंकका अनुसार विस् २०७५ चैत १ गतेदेखि २०७६ फागुन मसान्तसम्म ९७ जना कर्मचारीले आवकास पाएका थिए।

 

प्रकाशित: ९ असार २०७७ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App