१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बीमा कोषको रकम बैंकमा राख्न अनुमती लिनु नपर्ने

बीमा कम्पनीलाई आफ्नो ‘टेक्निकल रिजर्भ’ कोषको रकम वाणिज्य बंैकमा राख्न बीमा समितीको अनुमती लिनु नपर्ने भएको छ ।  यसअघि बैंकमा रकम जम्मा गर्दा नियामक निकाय बीमा समितीको  स्वीकृती लिनु पर्ने व्यवस्था रहेकोमा आईतबार एक निर्देशन जारी गर्दै समितीले अब आफुखुसी क वर्गका वाणिज्य बैंकमा रकम राख्न अनुमती दिएको हो ।

समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कोभिड–१९ का कारण व्यवहारिक कठिनाई भएकाले बीमा कम्पनीले कोषको रकम क वर्गका वाणिज्य बैंकमा मुद्दती निक्षेपमा राख्ने सकिने व्यवस्था गरेका हो ।  

कार्यकारी निर्देशक पौडेलका अनुसार नयाँ व्यवस्था अनुसार अब बीमा कम्पनीले टेक्निकल रिजर्भ कोषको रकम वाणिज्य बैंकमा राख्न बीमा समितीसंग पूर्व अनुमति लिनु पर्दैन् भने उक्त रकम ‘सोल्भेन्सी मार्जेन’मा गणना हुनेछ ।  

प्रकाशित: ७ असार २०७७ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App