१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सेयर बजारको राफसाफ आजबाट

बन्दाबन्दीको समयमा  भएकाे सेयर बजारको राफसाफ आज (असार १) बाट हुने भएको छ । वैशाख ३० र ३१ गते भएको कारोबारको राफसाफका लागि १ असार र २ असार गरी दुई दिनको समय दिइएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारबाट जारी भएको अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने आदेशका कारण २०७७ वैशाख ३० र ३१ गतेको राफसाफ तथा पछ्र्योट स्थगित गरिएको थियो । 

त्यस्तै, बन्दाबन्दीकै कारण सेयरबजार बन्द गरिएको छ ।

प्रकाशित: १ असार २०७७ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App