१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुँजीबजार खोल्न सेवानलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले नेपाल धितोपत्र बोर्डलाई पुँजी बजार सम्वन्धि कारोबार सूरु गर्न निर्देशन दिएका छन् । आईतबार नेपाल धितोपत्र बोर्ड (सेवोन)को २८ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले कोभिड–१९ का कारण लामोसमय मुलुकको पुँजी बजार बन्द हुँदा लगानीकर्ता मारमा परेको भन्दै उनले आवश्यक प्रक्रिया पुरा गरी पुँजी बजार खुलाउन निर्देशन दिएका हुन् ।

कोभिड–१९ को कारण लकडाउन कहिलेसम्म हुने भन्ने निश्चीत नभएकाले अब चुप लागेर बस्न नहुने बताएका छन् । धितोपत्र बजारको नियामक निकाय सेवानलाई संक्रमणकालिन अवस्थामा अपनाउनु पर्नै आवश्यक प्रक्रिया पुरा गरी पूनः बजार खोल्नु पर्नै मन्त्री खतिवडाले निर्देशन दिएका हुन् ।

धितोपत्र बोर्ड निधायम निकाय मात्र नभई आन्तरिक पुँजी परिचालका माध्यमवाट दिर्घकालिन लगानीमा अवसर सृजना गर्नै बताउँदै उनले सरकार चालु आवमा सार्वजनिक ऋण व्यवस्थापन र आन्तरिक ऋणपत्रलगायत पुँजी बजारमा गर्नै योनजामा रहेको बताए ।  

‘मुलुकका बैंकहरुले धमाधम डिबेन्चर जारी गर्दै आएका छन्’ उनले भने, ‘आगमी दिनमा औद्योगिक ऋणपत्रहरु पनि आउन सक्ने भएकाले यसका लागि पनि आवश्यक तयारी गर्नूपर्छ ।’  

सो अवसरमा नेपाल राष्ट्र बंैकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकका पुँजी बजारमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । पुँजीबजारका क्षेत्रमा सुधार हुँन बाकी रहेकाले पुँजीबजार ‘म्याच्योर’ हुँन धेरै समय लाग्ने बताएका हुन् ।  

मुलुकको बंैक तथा वित्तीय संस्थालाई आर्थिक रुपमा सवल बनाउने उदेश्यले सूरु गरेको मर्जर तथा एक्विजिसनको नितीले पुँजीबजारमा सकरात्मक असर परेकाले आगामी आवको मौद्रिक नितीमा समेटिने गर्भनर अधिकारीले बताए ।  

सो अवसरमा बीमा समितीका अध्यक्ष चिरञ्जीवि चापागाँइले मुलुकका जीवन तथा निर्जीवन बीमा कम्पनीहरु ‘कमोडिटी मार्केट’को लगानी गर्न तयार रहेको बताएका छन् । बीमाको सेवा विस्तारसँगै जीवन तथा निर्जीवन बीमा कम्पनीहरु आर्थिक रुपमा बलियो हुँदै गएकाले सेवानले ऋणपत्रको कारोबार दोस्रो बजारमा ल्याउनु पर्नै उनले सुझाव दिए ।  

सो अवसरमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज डुङ्गानाले कोभिड–१९ का कारण लामोसमय पुँजीबजार सम्वन्धि काम ठप्प भएको बताए ।

बोर्डका अनुसार आईतबार भिडियो कन्फ्रेन्समार्फत सम्पन्न २८ औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्सेका) प्रमुख कार्यकारी अधिकृत चम्द्रसिंह साउद, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाट, बीमा समितीका अध्यक्ष चिरञ्जीवि चापागाँई लगायत बोर्डका कार्यकारी निर्देशक निरज गिरी सहभागि भएका थिए । 

प्रकाशित: २५ जेष्ठ २०७७ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App