१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जीवन बीमा कमिसन सात अर्ब

मुलुकका १९ जीवन बीमा कम्पनीले करिब सात अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा अभिकर्ता कमिसन वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकासित गरेको चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधीमा करिब डेढ लाख जना जीवन बीमा अभिकर्तालाई उक्त बीमा अभिकर्ता कमिसन रकम दिएका हुन् ।  

बीमा समितीका अनुसार बीमा क्षेत्रमा अभिकर्ताको ठुलो भुमिका रहने भएकाले हरेक बीमा पोलिसी जारी गर्दा उनीहरुलाई केहि निश्चीत प्रतिशत रकम कमिसनको रुपमा दिनु पर्नै प्रावधान छ । जसअनुसार चालु आवको नौ महिनाको वित्तीय विवरण अनुसार सो अवधीमा दुई वटा कम्पनीले एक अर्ब भन्दा बढी अभिकर्ता कमिसन वितरण गरेका छन् ।  

चालु आवको चैत मसान्तसम्म सबैभन्दा बढी अभिकर्ता कमिसन रकम नेपाल लाइफ इन्स्योरेन्स र सबैभन्दा थोरै महालक्ष्मी लाइफ इन्स्योरेन्सले खर्च गरेका वित्तीय विवरणमा उल्लेख गरेका छन् । अन्य जीवन कम्पनी भन्दा व्यापार, तथा सेवा पहुँचको हिसावले अग्रिम स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सो अवधीमा दुई अर्ब १८ करोड १० लाख रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेको जनाएको छ ।  

सो अवधीमा एक अर्ब रुपैयाँ भन्दा बढी अभिकर्ता कमिसन वितरण गर्नै कम्नपीमा लाइफ इन्स्योरेन्स कर्पौरेसन (नेपाल) छ ।  कम्पनीले चालु आवको चैत मसान्तसम्म करिब एक अर्ब ८ करोड ७८ लाख रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।  

त्यसैगरी, युनियन लाइफ इस्योरेन्सले ६१ करोड ५२ लाख र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५८ करोड ९० लाख रुपैैयाँ अभिकर्ता कमिसन रकम बाडेको जनाएका छन् । सोही अवधीमा एशियन लाइफ इन्स्योरेन्सले करिब ३५ करोड, मेट लाइफ इन्स्योरेन्सले ३४ करोड ४ लाख, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २३ करोड २९ लाख रुपैयाँ बिमा अभिकर्ता समिसन रकम खर्च गरेका हुन् ।  

त्यसैगरी, सुर्या लाइफ इन्स्योरेन्सले २२ करोड २७ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले २१ करोड ८७ लाख, रिलायवल लाइफ इन्स्योरेन्सले १९ करोड ६९ लाख रुपैयाँ बिमा अभिकर्ता कमिसनवाफत खर्च गरेको जनाएका छन् ।  

ज्याति लाइफ इन्स्योरेन्सले चालु आवको चैत मसान्तसम्म १८ करोड ३१ लाख रुपैयाँ, गुराँस लाइफ इन्स्योरेन्सले १७ करोड १३ लाख, आइएमई लाइफ इन्स्योरेन्सले १६ करोड ३३ लाख रुपैयाँ बीमा अभिकर्ता कमिसन बाडेको जनाएका छन् ।  

वित्तीय विवरण अनुसार सो अवधीमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ करोड ९० लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले १५ करोड १४ लाख रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेको छन् ।  

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले करिब १४ करोड, सानिमा लाइफ इन्स्योरेन्सले ११ करोड २७ लाख र प्रभु लाइफ इन्स्योरेन्सले नौ करोड एक लाख रुपैयाँ अभिकर्ता कमिसन बाडेको जनाएका छन् ।  

सो अवधीमा सबैभन्दा थोरै महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६ करोड २३ लाख रुपैयाँ बिमा अभिकर्ता कमिसनवाफत खर्च गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।  

बीमा समितीका सूचना अधिकृत निर्मल अधिकारीका अनुसार हालसम्म जीवन बीमा कम्पनीवाट करिब पाच लाख जनाले बीमा अभिकर्ता अनुमति पत्र लिएपछि करिब एक लाख ५० हजार जना सक्रिय छन् । 

प्रकाशित: २५ जेष्ठ २०७७ १५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App