१६ चैत्र २०८० शुक्रबार
अर्थ

खुल्न थाले बैंक वित्तीय संस्था

विगत ७२ दिनदेखी अत्यावश्यक सेवाबाहेक सबै सेवा वन्द छन्। लकडाउनका कारण धनी वर्गको सम्पत्तिको केही हिस्सा घटेपनि दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने वर्ग यतिवेला चरम पीडामा छन्।  

मुलुकमा कोरोभा भाइरसको संक्रमण बढेसँगै सरकारले पटक पटक लकडाउनको म्याद थप्दै गएपछि सर्वसाधारणको जनजीवन कष्टकर वन्दै गएको छ।  

लामोसमय लकडाउन हुँदा समेत सरकारले आवश्यक राहतका प्याकेज ल्याउन नसको भन्दै कोरोना भाइरस भन्दा पनि भोकले मरिने भयो भन्दै समाजमा आवाज उठन सूरु भईसकेको छ। लकडाउन जारी रहेकै समयमा विभिन्न कार्यालयहरु खुल्ने क्रम सुरु भएको छ।

प्रभु बैंक आज एक सूचना जारी गरी आजैका मितिबाट सम्पूर्ण शाखा कार्यालय सञ्चालन गर्ने जनाएको छ।  

बैंक तथा वित्तीय संस्थालाई सरकारले अत्यावश्यक सेवामा राखेपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले एक तिहाई कर्मचारी परिचालन गरी सेवा प्रदान गर्न निर्देशन दिएको थियो।  

तर, लामोसमय वित्दापनि लकडाउन खुल्ने अवस्था नदेखिएपछि आजदेखी प्रभु बैंक लगायतका केही अन्य बैंक वित्तीय संस्थाले शाखा कार्यालय सञ्चालन गरेका छन्।  

बैंक वित्तीय संस्थाका शाखा कार्यालयमा सर्वसाधारणको भिडभाड भएपछि नेपाल राष्ट्र बैंकले शाखा कार्यालयमा कार्यरत कूल कर्मचारीको एक तिहाई जनशक्ति परिचालन गरी केही शाखा कार्यालयमार्फत बैंकिङ् सेवा प्रदान गर्न निर्देशन दिएको थियो।  

तर, बैंकले एक सूचना जारी गर्दै आजेदेखी निश्चीत समयका लागि बैंकका सम्पूर्ण शाखा कार्यालयमार्फत सेवा दिने जनाएको छ।

लकडाउनका अवधीभर सम्पूर्ण शाखा कार्यालयमार्फत आईतबारदेखी बिहीबारसम्म विहान ११ बजेदेखी दिउँसो २ बजेसम्म र शुक्रबार बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खुला रहने बैंकले जनाएको छ।  

तर, बैंकमा सेवा लिन आउँने ग्राहकले कोरोना भाइरस सम्बन्धि बैंकले अपनाएको सुरक्षा निती पालना गर्नुपर्नै उल्लेख गरिएको छ।  

त्यसैगरी, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले हालसम्म केहि निश्चीत शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएकोमा भोलिदेखी नयाँ ढंगले बैंकिङ् सेवा सूरु गर्नै योजनामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत –सिईओ) किरणकुमार श्रेष्ठले बताए।  

बैंकले केही सिमीत पास मात्र पाएकाले अहिलेको अवस्थामा सबै शाखा कार्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन् तर आजवाट लकडाउनका ‘मोडालिटी’ परिवर्तन गर्नै भन्ने कुरो रहेकाले यदि सरकारले लकडाउनको स्वरुप परिवर्तन गरे चाँडै सबै शाखा कार्यालय मार्फत सेवा दिईने उनले बताए।  

तर, राष्ट्र बैंकले शाखा कार्यालयमा कार्यरत कर्मचारीको एक तिहाई परिचालन गरी निश्चीत शाखा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको उनले बताए।  

लकडाउनका अवधीमा सबै शाखा कार्यालय खोल्ने विषयमा राष्ट्र बैंक तथा वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघसँग छलफल नभएको उनले बताए।  

त्यसैगरी, ग्राहकलाई पाईपर्नै गरी आजेदेखी अधिकांस शाखा कार्यालय सञ्चालन गरेको नेपाल इन्भेष्टमेन्ट बैंकका पूमखु कार्यकारी अधिकृत ज्योति पाण्डेले बताएका छन्।  

सडकमा सर्वसाधारणको चलहपहल बढेसँगै बैंकका शाखा कार्यालयमा पनि भिडभाड हुन थालेपछि सकेसम्म सबै शाखा कार्यालयमार्फत सेवा दिन सूरु गरेको उनले बताए।  

अहिले राष्ट्र बैंकले उपलब्ध गराएको पासको आधारमा बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय सञ्चालन गरी सेवा दिदै आएकोमा आगामी दिनमा कार्यरत संस्थाको परिचयपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकसँग छलफल भईरहेको नेपाल बैंकसै संघले जनाएको छ।  

संघका अनुसार हालसम्म शाखा कार्यालय खोल्ने विषयमा वाणिज्य बैंकसँग औपचारिक रुपमा छलफल भएको छैन्।

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App