२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

खोटाङलाई ३ अर्ब ६ करोड बजेट

संघीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि करिब ३ अर्ब ६ करोड बजेट विनियोजन भएको छ । सरकारले बिहीबार गरेको बजेट भाषण अनुसार आर्थिक वर्ष २०७७/७८ का लागि दुई नगरपालिका र आठ गाउँपालिकाले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ३ अर्ब ५ करोड ९९ लाख नियमित अनुदान पाएको हो । सबैभन्दा बढी बजेट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकाले पाएको छ ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि ५८ करोड ८६ लाख, हलेसी तुवाचुङ नगरपालिकाका लागि ४१ करोड ३१ लाख, ऐसेलुखर्क गाउँपालिकाका लागि २९ करोड १५ लाख, केपिलासगढी गाउँपालिकाका लागि २४ करोड ४२ लाख र खोटेहाङ गाउँपालिका लागि ३२ करोड १ लाख बजेट प्राप्त भएको छ । 

यस्तै, जन्तेढुंगा गाउँपालिकाका लागि २५ करोड ९५ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि ३१ करोड ९९ लाख, रावावेंसी गाउँपालिकाका लागि २१ करोड ९५ लाख, बराहपोखरी गाउँपालिकाका लागि २० करोड १० लाख र साकेला गाउँपालिकाका लागि २० करोड २५ लाख अनुदान प्राप्त भएको प्रदेशसभा सांसद उषाकला राईले जानकारी दिइन् । स्थानीय तहलाई नियमित बजेट आउनु बाहेक आव ०७७/७८ को बजेटले खोटाङका अन्य विकास निर्माणलाई भने नछोएको स्थानीयको गुनासो छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App